जोखिममा रहेका ७३ जना बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले अघिल्लो आव र चालु आर्थिक वर्षमा अहिलेसम्म ७३ जना बालबालिकाको उद्धार गरेको छ । महानगरका अनुसार उद्धार गरिएको मध्य ४१ बालक र ३२ बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिएको छ। ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ ।

जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको महानगले जनाएको छ ।