नेपाल सुपर लिग : काठमाडौँ रेजर्स र एफसी चितवनबिच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल० फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ ।

आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुने छ।

काठमाडौँले पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो भने चितवन पोखरा थन्डर्ससँग पराजित भएको थियो ।