काठमाडौं । नेकपा (एमाले)का युवा नेताहरूले पाटी भित्र असन्तुष्टि जनाउन थालेका छन् ।
असन्तुष्टि जनाउने नेताहरू एमाले अध्यक्ष केपी ओलीलाई भेटेर पत्रनै बुझाउने गरेको खुलासा भएको छ ।
अन्य पार्टीबाट एमालेमा समाहित भएका नेता कार्यकर्ताहरुको व्यवस्थापन नभएको भन्दै एमाले युवा नेता तिलक सिर्पाइलीले पाटी अध्यक्ष ओलीलाई पत्र बुझाएको खबर बाहिरिएको छ।
गत असोज २३ गते ओली निवास बालकोट पुगेर उक्त पत्र बुझाएकाे सुचना प्राप्त भएको छ । उनी निकट एक नेताकाअनुसार सिर्पाइलीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारे अध्यक्ष ओलीलाई भेटेका हुन्।
अहिले असहमति जनाउनेको संख्या एमाले भित्र तिव्र छ। लामो समयसम्म पार्टीमा योगदान दिएका तर, कुनै पनि जिम्मेवारी नपाएकाको संख्या पनि उत्तिकै छ। ति नेता कार्यकर्ताहरू केही निराश भएका छन्,भने केही विकल्पको खोजिमा रहेको बुझिएको छ।
ओलीलाई पत्र बुझाएको विषयमा बुझ्न खोज्दा नेता सिर्पाइलीले कुरा गर्न चाहेनन् । उनले भने, ‘कुरा पार्टी छोड्ने नछोड्ने होइन। म आजका दिनसम्म पनि एमाले बलियो बन्नुपर्छ। यस पार्टीभित्रको लोकतन्त्र बलियो बन्नुपर्छ। अन्य पार्टीबाट आएका नेताहरूको उचित व्यवस्थापन हुनुपर्छ। उचित जिम्मेवारी दिनुपर्छ भन्ने पक्षमा छु’ ।