यी हुन् सिमलताल दुर्घटनामा परेका ६५ यात्रु (सूचीसहित)

चितवन । मुग्लिन–नारायणघाट सडकखण्ड अन्तर्गत सिमलतालमा बस दुर्घटनाका ६५ जना यात्रुको विवरण जिल्ला प्रशासन कार्यालय चितवनले सार्वजनिक गरेको छ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र०३००६ख नम्बरको एन्जल डिलक्समा २७ जना यात्रु रहेको जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार प्रकाशित गरेको प्रेस विज्ञप्तिमा उल्यख छ।

यस्तै, काठमाडौंबाट गौर जाँदै गरेको प्र३००१ख २४९५ नम्बरको गणपति डिलक्समा ४१ यात्रु रहेको खुलेको छ। जसमध्ये तीन जना बँच्न सफल भएका छन्। हालसम्म दुवै बसका गरी १४ जना यात्रुको शव फेला परेको जनाइएको छ।

शुक्रबार सिमलतालमा पहिरोले बगाउँदा त्रिशूलीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छन्। बस तथा बेपत्ता यात्रुहरूको सुरक्षाकर्मीले खोजी जारी राखेका छन्।