Hotel Panchthar Nepco Media

काठमाडौँमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौँमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौँ । यस वर्ष तिहारमा काठमाडौँ महानगरपालिकाभित्र सुरक्षित रूपमा राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ।

महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।