Hotel Panchthar Nepco Media

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै दुई बिद्यार्थीका शवको तस्विर भाइरल

मणीपुर । हिंसा प्रभावित देशको उत्तरपूर्वी राज्य मणिपुरमा इन्टरनेट सेवा पुनःस्थापना गरिएको छ ।
इनटरनेट सेवा पुन स्थापना गरिएपछि जुलाईमा महिनामा बेपत्ता भएका दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । प्रदेश सरकारले यस विषयमा तत्काल र निर्णायक कदम चाल्ने आश्वासन दिएको छ ।

मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा अनुसार उक्त घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० लाई जिम्मा दिइसकेको बताइएको छ ।

यसरी मृत्यु हुनेमा १७ वर्षीय हिजाम लिन्थोइङ्गाम्बी र २० वर्षीय फिजाम हेमजीत नामका दुई विद्यार्थी रहेका छन् ।

मुख्यमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“जुलाई २०२३ देखि बेपत्ता भएका दुई विद्यार्थी फिजाम हेमजीत ९२० वर्ष० र हिजाम लिन्थोइङ्गाम्बी ९१७ वर्ष० को तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएकोमा राज्य सरकारको ध्यानाकर्षण भएको छ।’

विज्ञप्तिमा थप भनिएको छ, ‘मणिपुर पुलिसले केन्द्रीय अनुसन्धान एजेन्सीहरूसँगको सहकार्यमा दुई विद्यार्थी बेपत्ता र हत्यामा संलग्न अपराधीहरूको पहिचान गर्न सक्रिय रूपमा अनुसन्धान गरिरहेको छ। यसका साथै सुरक्षाकर्मीले अपराधीलाई पक्रन खोजी अभियान पनि थालेका छन् ।