काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा (माओवादी केन्द्र)का नेता बर्षमान पुनका बिश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिधल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री पुनका बिश्वास पात्र मानिन्छन् ।
कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखेपछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परेपछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।
नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पुर्वमन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।