अविरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा

कञ्चनपुर । लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको अधिकांश बस्ती डुबानमा परेका छन्।  बाढीले अधिकांश भू-भागलाई प्रभावित बनाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन्। जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन्।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ। जिल्लाभर बाढीबाट प्रभावित एक हजार छ सय २२ जना को उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।