मुगु । मुगुमा लुटपाट गर्ने सामूह हतियारसहित पक्राउ परेका छन्। पुरुषहरु यार्सागुम्बा टिप्न गएको मौका छोपेर लुटपाट गरेका थिए ।
जुम्लाबाट यही असार २ज्ञ गते उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको हो।
जुम्लाको गुठीचौर गाउँपालिका–३ का गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापालाई पक्राउ गरिएको मुगु प्रहरीले जनाएको छ ।
मुगुको कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयलाई हतियार देखाएर उनीहरुले लुटपाट गरेका थिए। घटनामा अरु पाँच जनाको पनि प्रत्यक्ष संलग्नता रहेको खुलेको छ। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उनीहरुबाट एक थान एसएलआर, एसएलआरको दुईवटा म्याग्जिन, २५ राउण्ड गोली र एक थान कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । घटना प्रकृतिका अधारमा उनीहरुमाथि डाँकाचोरी, हातहतियार र संगठित अपराधतर्फ अनुसन्धान अघि बढाईएको डिएसपी थापाले बताए।