Hotel Panchthar Nepco Media

अल्पमतमा परेपछि एक सेकेण्डपनि सत्तामा बस्न मिल्दैन : सांसद गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले घोर अल्पमतमा परेको सरकार एक सेकेण्डपनि सत्तामा बस्न नमिल्ने बताएका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले सरकारले बहुमत गुमाएपछि संविधानको धारा उपधारा खोज्ने नैतिक अधिकार नहुने बताएका हुन् ।

उनले विपक्षमा करिब दुई तिहाई बहुमत भएपछि प्रधानमन्त्रीले तत्काल राजीनामा गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।