पोखरा । पोखरामा रगत अभाव भएको छ । विरामीको अपरेसन र रगत कम भएकाहरुका लागि आवश्यक पर्ने रगत अभाव भएको प्रदेशस्तरीय रक्त सञ्चार सेवा कार्यालय पोखराले जनाएको छ।
रक्त सञ्चार सेवा अनुसार पोखरामा दैनिक ८० युनिट हाराहारी रगत खपत हुन्छ । तर दसैंको बेला रक्तदान कसैले नगरेका कारण अभाव भएको हो ।
२०७८ फागुन १ गतेदेखि गण्डकी प्रदेश सरकारले रगत निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
अरु रगत पनि अभाव हुने अवस्था आइसकेको भन्दै अहिले विशेषगरी बी पोजेटिभ रगतको प्लेटलेसको अभाव छ। प्लेटलेस ब्लड ५ दिन भन्दा धेरै समय भण्डारण गरेर राख्न मिल्दैन । यसका लागि नियमित रक्तदान कार्यक्रम आवश्यक पर्ने उनको भनाई छ । बी पोजिटिभ समूहका रक्तदातालाई रक्तदान गर्न उनले आग्रह गरेका छन् ।