Hotel Panchthar Nepco Media

सप्तकोसीमा उच्च बाढी

काठमाडौं । सुनसरीस्थित सप्तकोसी नदीमा पानीको बहाव ३४ वर्षपछिकै उच्च मापन भएको छ ।

पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोसी नदीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च पुगेको हो ।

सप्तकोसीमा बिहान ६ः०० बजे गरिएको मापन अनुसार ४ लाख ५२ हजार क्युसेक बहाव प्रतिसेकेन्ड भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

कोसीमा सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रतिसकेण्ड बगेको रेकर्ड छ । कोसी ब्यारेजमा पानीको मात्रा बढेपछि ब्यारेज हुँदै आवतजावत बन्द गरिएको छ ।