पहिरो खसेर बुटवल-पाल्पा सडक अवरूद्ध

बुटवल-पाल्पा सडकखण्ड पहिरो झरेपछि अवरूद्ध भएको छ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत् तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस माइलमा सडक माथिबाट पहिरो झरेको हो।

पहिरोसँगै सडकमा रूख ढलेर अवरूद्ध भएपछि बुटवलबाट पाल्पा, गुल्मी, पोखरा, स्याङ्जा, बाग्लुङ लगायतका जिल्ला जाने र बुटवल आउने सवारीसाधनहरू बीच बाटामा रोकिएका छन्।