Hotel Panchthar Nepco Media

राष्ट्रिय सभा बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (शुत्रबार) बस्दैछ

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले बताएको छ।

त्यस्तै, आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूचीमा राखिएको छ।

सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।