काठमाडौँ । देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता तातो हावा तथा लुु देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।
मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू-भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताए।
नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन हिट वेभु बढ्ने बताइएको छ ।