काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्मकै उच्च रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा कुल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात पुगेको छ।
कार्यालयका अनुसार आज बिहान ९बजेसम्मको विवरण अनुसार विपद् व्यवस्थापन र उद्धारका लागि विभिन्न ९ वटा वाणिज्य बैंकहरूमा रु ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रकम मौज्दात रहेको छ।
यसैगरी, अन्तर्राष्ट्रिय सहयोग तथा वैदेशिक सहायतामार्फत कोषका दुई वटा डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर जम्मा भएको छ। नेपाली रुपैयाँ र डलर खाताको मौज्दातलाई एकीकृत गर्दा कोषको कुल रकम १२ अर्ब ४३ करोड नाघेको हो।
भदौ २५ गते मात्रै भारी रकम संकलन कोषमा दान तथा सहयोग जुट्ने क्रम जारी छ। भदौ २५ गते एकै दिन नेपाली रुपैयाँतर्फ रु १७ करोड २५ लाख ६९ हजार ६७५ र अमेरिकी डलरतर्फ २ लाख ७४ हजार ६२ डलर थप संकलन भएको कार्यालयले जनाएको छ।
बाढीपीडितका लागि १ अर्ब निकासा संकलित रकम विपद् प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणमा परिचालन गर्न सुरु गरिएको छ। केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका पीडितहरूका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत रु १ अर्बनिकासा गरिसकिएको छ।































