ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ । जिल्लाको अर्घाखाँची सन्धिखर्क नगरपालिका-८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री पक्की सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बिहीबार बिहान ९: १५ बजे लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खस्दा सन्धिखर्क नगरपालिका-८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा एसओसीओ सहितको प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको छ । ट्याक्टर घटनास्थलमै रहेको छ ।