काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग टेलिफोन वार्ता गरेकी छन् । हमास समूहको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइमा पहल गरिदिन उनले फोन वार्ता गरेकी हुन् ।
परराष्ट्रमन्त्री राणाको सचिवालयका अनुसार फोनवार्ताका क्रममा इरानका विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरुसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको छ ।
इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले मुक्त गर्न थालेका छन् । तर हालसम्मको सूचीमा जोशीको नाम सार्वजनिक भएको छैन ।