काठमाडौं । प्रहरी प्रभाग साँखुमा एकजना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् । प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।
सलको पासोमा झुण्डिएको अवस्थामा उनि मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेमा गएको प्रहरी अधिकृतहरु बताउँछन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान थालेको छ ।