रवि लामिछाने र छविलाल जोशीलाई अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याइएको छ । प्रर्वगृहमन्त्री समेत रहेका लामिछाने र जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट म्याद थपका लागि अदालत ल्याइएको हो ।

रास्वपा पाटी कार्यलयबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको म्याद बुधबार सकिएको छ ।

असोज ६ गते पक्राउ पर्नुभएका जोशीको म्याद पनि बुधबारै सकिएको छ ।

गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवदेनले देखाएका छन् ।