Hotel Panchthar Nepco Media

बागमती सरकारबाट बाहिरियो एमाले

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारमा रहेका मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् ।

एमालेबाट मन्त्री भएका पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई राजीनामा बुझाएसँगै सरकारबाट बाहिरिएको हो ।

एमालेले जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । एमालेका मन्त्रीको राजीनामासँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ ।