स्वास्थ्यकर्मीमाथि जातीय विभेद, सुरज कुमार शाही पक्राउ

काठमाडौं । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। तुलसा कुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुका सुरज कुमार शाही पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्।

लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले जातीय भेदभाव तथा छुवाछुत कसुरमाु जाहेरी दिएकी हुन्।