काठमाडौं । काभ्रेमा निस्सासिएर एक जना वृद्धको मृत्यु भएको छ।नमोबुद्धका कर्मा ग्याल्बो लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो । कोठामा हिटर बालेर झ्याल-ढोका बन्द गरी सुतेको कारणले निस्सासिएको उनको मृत्यु भएको अनुमान स्थानीयले गरेका छन् ।
सोमबार बेलुकी खाना खाएपछि कर्मा र उनकी श्रीमती असनी लामाले कोठा न्यानो पार्न हिटर र आगो बालेका थिए। उनीहरू मंगलबार बिहान ८ बजेसम्म पनि नउठेपछि छोरा बुहारीले ढोका खोलेर हेर्दा दुबै जना बेहोस अवस्थामा फेला परेका थिए।
कर्माको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।