काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।
अर्थमन्त्रीले भने, ‘नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।’
लगानीको वातावरण बिथोल्न खोजिएको भए यसलाई चिरेर सहज अवस्थामा अर्थतन्त्र आएको उनले बताए ।































