Hotel Panchthar Nepco Media

तीज : आज दर खाने दिन

काठमाडौं । आज दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ ।

हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् ।

आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।

त्यसपछि भोलीवाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ ।