Hotel Panchthar Nepco Media

महिनावारी हुँदा गोठमा सुतेकी किशोरीको सर्पको टोकाइबाट मृत्यु

बैतडी । महिनावारी हुँदा गोठमा सुतेकी बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ।

जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो।

पञ्चेश्वर-४ का वडाध्यक्ष जनक बहादुर चन्दले महिनावारी हुँदा गोठमा बसेका बेला सर्पले टोक्दा अनिताको मृत्यु भएको जानकारी दिए।

अनिता महिनावारी भएको मंगलबार ४ दिन पुगेको थियो। ४ दिनदेखि उनी गाइ–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्।

अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्यानरत थिइन्।