Hotel Panchthar Nepco Media

आजको मौसम : देशभरको तापक्रम बढ्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहनुका साथै देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङबाट हुन सक्ने महाशाखाले जनाएको छ।