काठमाडौं । नेपाली हजयात्रीको पहिलो समूह साउदी अरब प्रस्थान गरेको छ ।
नेपाली हजयात्रीहरुको पहिलो टोलीलाई गएराति उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।
पहिलो चरणमा २६८ जना नेपाली हजयात्री मक्का मदिना प्रस्थान गरेको गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले जानकारी दिए ।
उनका अनुसार जेठ २४ गतेसम्म विभिन्न समूहबाट यस वर्ष झण्डै एक हजार १८० जना नेपाली हजयात्री साउदी अरेबिया पुग्नेछन् । उनीहरु ४५ दिनसम्मको हजपछि स्वदेश फर्किने छन् ।
मक्का मदिना मुस्लिम धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल हो ।