Hotel Panchthar Nepco Media

आजको मौसम यस्ताे छ

काठमाडौं । हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सामान्य छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

अन्य भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र पश्चिमी वायु कमजोर रहेकाले तत्काल ठूलो वर्षा हुने सम्भावना छैन।