एमालेको सचिवालय बैठक भोलि बस्दै

काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक भोलि बस्ने भएको छ ।

गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई कार्यान्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।