बेनी-जोमसोम सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ । सडक मर्मतको काम करिब सकिए पनि वर्षाका कारण सवारी सञ्चालन गर्न कठिन भएको सरोकारवालाहरुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले नै सवारी साधन पूर्णरुपमा सञ्चालन हुने अवस्था भने छैन । सवारी आवागमन अहिले पनि प्रभावित भएको छ । प्रहरीका अनुसार गाडीहरु फसेका कारण सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो ।
सडक प्रभावित हुँदा लामो समयदेखि चीनबाट आयातित सामान बोकेका कन्टेनरहरु रोकिएका छन् । केही कन्टेनर रोकिएको ठाउँबाट हिँडे पनि जीर्ण सडकमा अघि बढ्न सकेका छैनन् ।
मनाङमा केही दिनअघि वर्षासँगै आएको बाढीपहिरोले सडक अवरुद्ध भएको थियो ।






























