कुलमान पुगे आरुघाट, बाढी प्रभावित क्षेत्र निरीक्षण

पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ गोरखा आरुघाट पुगेका छन् ।

उनले त्यस क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षति निरीक्षण गरेका छन् ।आज बिहान बुढीगण्डकी नदीमा आएको लेदोसहित बाढीले तटीय क्षेत्रमा विनाश गरेको छ । अहिले क्षतिको विवरण संकलन तथा उद्धार र बचावको काम जारी छ ।