काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस चालु वर्षमा स्नातक तहदेखि विद्यावारिधि (पीएचडी) सम्मका कुल ९५ हजार ५ सय ४० जना विद्यार्थीहरूलाई दीक्षित गराउने भएको छ।
त्रिवि सभाको ६७ औँ वार्षिक दिवसको अवसरमा बसेको बैठकले ६४ औँ ‘ग्रेस लिस्ट’ सर्वसम्मतिले पारित गर्दै ठूलो सङ्ख्याका विद्यार्थीहरूलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो।
विश्वविद्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीहरू यस पटकको दीक्षान्त समारोहमा दीक्षित हुन योग्य मानिनेछन्।






























