१. मतदानको समय हेरफेर
नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि पूर्व निर्धारित मतदानको समय परिवर्तन गरिएको छ। बिहान १० बजेदेखि सुरु हुने भनिएको मतदान प्रक्रिया अब दिउँसो १ बजेबाट मात्रै सुरु हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
२. प्रतिनिधि र नामावली प्रकाशन
यस महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागिता जनाउनेछन्। सभापतिसहित अन्य पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ नै सार्वजनिक गरिसकेको छ।






























