काठमाडौँ – सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा अचानक आगलागी भएको छ।
पाँच जना सवार उक्त पेट्रोल कारमा सोमबार बिहान विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ।
आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ। गाडी ध्वस्त भए पनि सवार पाँच जना सकुशल छन्।




























