‘सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी छ’: मुकुल ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले वर्तमान सरकारमा राजनीतिक तथा प्रशासनिक अनुभवको कमी देखिएको टिप्पणी गरेका छन्। ललितपुरको पुल्चोकमा आयोजित ‘नागरिक आवाज अभियान’ घोषणा कार्यक्रममा बोल्दै ढकालले जेनजी आन्दोलनबाट स्थापित शक्ति नै अहिले सत्तामा नरहेको दाबी गरे। उनका अनुसार आन्दोलनको उद्देश्य पुराना राजनीतिक शक्तिलाई सचेत गराउँदै सुधारतर्फ लैजानु भए पनि परिस्थितिले अर्कै शक्तिलाई सत्तामा पुर्‍याएको हो।

ढकालले अचानक आएको जिम्मेवारीका कारण सरकारमा अनुभवको कमी देखिए पनि जनताले निर्वाचनमार्फत ठूलो जनमत दिएको विषयलाई अवमूल्यन गर्न नहुने बताए। उनले जनताले देश बन्छ भन्ने अपेक्षासहित मतदान गरेको भन्दै सरकारलाई नागरिकको पक्षमा काम गर्ने र अनुभवको कमी सुधार्दै अघि बढ्नुपर्ने धारणा राखे।