फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँदैन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘फटाहा’को संज्ञा दिएका छन्।

मंगलबार म्याग्दीको बेनीमा माओवादी केन्द्रको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो प्रधानमन्त्री भएको देशले सुख नपाउने समेत बताए। ‘जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, उहाँले यतिधेरै ढाँटछल, जालझेल गर्नुभयो,’ प्रचण्डले भने, ‘मलाई त गर्न सम्म गर्नुभयो। तपाईंले सुनिसक्नुभएको छ–स्वर्ग र नर्कका कुरा।’

नेपाली कांग्रेस र नेकपा एमालेले गत असारमा गरेको ७ बुँदे सहमतिप्रति टिप्पणी गर्दै उनले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन। पत्रिकामा छापी सकियो– यो पहिलोको छाप्यो, झुटो छाप्यो भन्न सक्ने भनेपछि। यस्ता जालीझेली। यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त?’