बाढीपहिरोबाट मृत्यु हुनेको संख्या दुई सय ४४ पुग्यो

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । बाढीपहिरोबाट १९ जना बेपत्ता छन् भने अन्य एक सय ७९ जना घाइते भएका छन्।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ, भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ।