लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।

बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।

गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौं लैजादै गदाँ बाटोमै मृत्यु भएको उनले बताए।

उक्त दुर्घटनामा घाइते भएका विश्वनाथ अधिकारी, रामशरण अधिकारी, हरिकला खनाल, गायत्री खनाल र चन्द्रनाथ शर्माको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।