बाढीपहिरो पीडितका लागि एसबीआई बैंकको २५ लाख सहयोग

काठमाडौं । नेपाल एसबीआई बैंकले बाढीपहिरोबाट प्रभावितहरुको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंक पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो तथा डुबान प्रभावितहरुको राहतका लागि सहयोग रकम हस्तान्तरण गरेको बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दिपक कुमार दे’ले बताए ।