Hotel Panchthar Nepco Media

रिगलको आम माफी विरुद्ध भारतीले पुनः सुरु गरिन् अनसन

काठमाडौं । भारती मानन्धरले दशैँ सकिएसँगै लगतै रिले अनसन सुरु गरेकी छन् ।

श्रीमानको हत्या गरेको आरोपमा थुनामा रहेका गुण्डा नाइको रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिएपछि प्रतिवादमा उत्रिएकी मानन्धरले पुन: रिले अनसन सुरु गरेकी हुन् ।

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले बिरोध गर्दै आएका छन् ।