प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

यसअघि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदले गुटेरेसलाई भेटेका थिए ।

भेटवार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघका महासचिवसँग सौहार्दपूर्ण वातावरणमा विश्वासका साथ छलफल भएको बताए।