झापामा रास्वपाको सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौं । झापामा निर्बाचन ५ मा (रास्वपा) राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ ।

झापाबाट (रास्वपा) पार्टीका बरिष्ठ युवा नेता बालेन्द्र (बालेन्) शाह चुनाबी उम्मेदवार रहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अबको भावी प्रधानमन्त्रीमा प्रस्ताब मा अघि सारेको छ ।

झापा जिल्लाको कमल गाउँपालिका-२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालयमा तोडफोड भएको (रास्वपा) पार्टीका एक नेताले बनाएका हुन । कार्यलय तोडफोडमा सिसा फुटेर क्षति भएको र मानबिय क्षति भने नभएको बताइएको छ ।

कार्यलय कसले र किन गरिएको भन्ने स्पष्ट छैन । यस विषयमा पार्टीले प्रहरीमा जानकारी गराएको कार्यलय तोडफोडमा संलग्नहरुको खोजी भइरहेको छ ।