अदालतमै ज्यान मार्ने थिए, धन्न बाचे : अधिवक्ता त्रिपाठी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेका छन् ।

सहकारी पीडितका तर्फबाट काठमाडौं जिल्ला अदालतमा बहस गर्न आएका अधिवक्ता त्रिपाठीमाथि रास्वपाका कार्यकर्ताले आक्रमण गरेका हुन् । उनलाई अदालत भित्रै आक्रमण भएको हो ।

पञ्चायतकालमा समेत यसरी आक्रमण हुँदैन् थियो तर, ज्यान मार्ने उद्देश्यले मलाई आक्रमण गरे, उनले हामीसँगको कुरामा भने।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक आदेश आउनुअघि त्रिपाठीमाथि हातपात भएको हो।