एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

गत पुस २९ गते सम्पन्न बैंक सञ्चालक समितिको ६९४ औं बैंठकले आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको हो ।

साथै, अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ९प्रमुख सूचना अधिकारी० अर्जुनराज खनिया बताए ।

बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारणसभा गर्ने निर्णय समेत बैंकले गरेको छ ।