काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषका नभई सबैले मिलेर समाधानका लागि प्रयास गर्नुपर्ने बताएका छन्।
काठमाडौंमा विश्व व्यापार संगठन (डब्लुटिओ) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना’ विषयक तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गर्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको र यसको असर आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा गम्भीर रूपमा देखिएको बताए।
अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको असरले नेपालको आर्थिक र सामाजिक विकासमा ठूलो चुनौती खडा गरेको बताए।
प्राकृतिक विपत्तिहरू–बाढी, पहिरो, र भूकम्पले हरेक वर्ष ठूलो क्षति पु¥याउने भएकाले जलवायु मैत्री विकास प्रक्रियामा क्रियाशीलता आवश्यक रहेको उनको भनाइ छ।






























