काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश दिने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
इन्स्योरेन्सका शेयरधनीहरुले आव २०८०/८१ को नाफाबाट २१.०५ प्रतिशत लाभांश पाउने भएका हुन् । प्रस्तावित लाभांशमा बोनस सेयर १० प्रतिशत र नगद लाभांश ११.०५ प्रतिशत (करसहित)रहेको छ।
इन्स्योरेन्सको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २५औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

























