काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सभापति रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि सहकारी ठगीको मुद्दा दर्ता भएको छ ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना प्रकरणमा आइतबार जिल्ला अदालतमा पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा दर्ता भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ।






























