प्रेमिका मृत्यु प्रकरण: फरार युवक पनि मृत फेला

काठमाडौं । प्रेमीका होटलमा मृत भेटिएपछि फरार प्रेमी पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

पुस १६ गते राति गौशालाको पिंगलास्थानको एक होटलमा युवती मृत भेटिएकी थिइन्। २१ वर्षीया सुस्मिता खड्काको मृत्युपछि उनका प्रेमी भनिएका देवबहादुर थापा फरार थिए।

तर आज उनै देवबहादुर झुण्डिएको अवस्थामा फेला परेकाे ओखलढुंगा जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

युवतीको मृत्युको कारण अझै खुलेको छैन। देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बस्न पुगेकी खड्काको शव गएको बुधबार फेला परेको थियो ।