सिराहा । सिराहाको विष्णुपुर गाउँपालिकाकी उपाध्यक्ष गीताकुमारी सिंहले पालिकाको गाडि तोडफोड गरेकी छिन् ।
सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडि उपाध्यक्ष शिंहले गरेकी हुन् ।
आइतबार बिहान घरबाट सदरमुकाम जानको लागि गाडी लिज नआएको भन्दै तोडफोड गरेकी हुन् । बा २ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंहले स्वीकार गरेकी छिन् ।
तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा कामनै नलाग्ने गरि फुटेको स्थानीयले बताए।






























